एकताको गीत तथा म्युजिक भिडियो सार्वजनिक

  असार ०१, २०७७

काठमाडौं, असार १ : नेपाल सरकारले जारी गरेको नक्साले नेपाली जनता यस्तो महामारीको अवस्थामा पनि खुसी नै छन् । नेपाल सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेसँगै अहिले यो विषयमा गीतसंगीत तयार गर्ने क्रम पनि बढेको छ ।

रवि श्रेष्ठको शब्द तथा संगीतमा तयार भएको एक नयाँ गीत आवाज एकताको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर छ भने कलाकारहरू हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, सिता घिमिरे, रक्षा श्रेष्ठ, आँचल शर्मा, मिस नेपाल अनुष्का श्रेष्ठ, गायक रामकृष्ण ढकाल, संगीतकार आलोकश्री, पत्रकारहरू संजोग बश्याल, जीवन पराजुली, विजय बस्याललगायतको अभिनय रहेको छ ।

केडिया अर्गनाइजेसनको प्रस्तुती रहेको गीतमा देश प्रतिको माया र नक्सा जारी गरिएकोमा नेपाल सरकारलाई खुसी ब्यक्त गरिएको छ ।  यसैगरी संसारभर रहेका नेपालीहरुलाई आफ्नै देशमा फर्किन आह्वान गरेको गीत बाटो भुलेर पनि सार्वजनिक भएको छ ।

अर्बाजो आर्टसको प्रस्तुति रहेको गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ ।

पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया