काठमाडाैँ, असार १ : काठमाडौँ उपत्यका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका चार जना र ललितपुरका एक जनामा भाइरस पुष्टि भएको साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।
धुलिखेल अस्पतालको प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाडाैँ र ललितपुरका एक/एक जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका एक जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।