काठमाडौँ, जेठ ३२ : सार्वजनिक यातायात र भाडाका सवारी साधनहरू अर्को निर्णय नभएसम्म सञ्चालन हुने छैन्न । निजी सवारी साधनहरू भने सोमबारबाट जोर–बिजोर लागु हुनेछ ।
सरकारले कार–जीपमा चालकसहित तीन जना र मोटरसाइकल तथा साइकलमा चालक मात्र हुनुपर्ने निर्णय गरेको थियो । सो निर्णय सच्याइएकाे छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले निर्णय मौखिम रुपमा सच्चिए पनि लिखित निर्णय नआएको बताउनुभयो । दुई पाङग्रे सवारी सञ्चालनका सम्बन्धमा विवाद हुँदा ट्राफिक प्रहरीले अनावश्यक गाली खानुपरेको गुनासो उहाँले गर्नुभयो ।
सरकारको निर्णय एउटा तर व्यवहारमा अर्कै व्यवस्था लागू भएका कारण मोटरसाइकलमा सवार श्रीमान–श्रीमती र छोराछोरीसमेत झार्नुपरेको उहाँले बताउनुभयो । मोटरसाइकल र साइकलमा चालक मात्र निर्णय अव्यवहारिक हुनका साथै विरोध भएपछि सच्याइएको गृह मन्त्रालयले जनाएको छ ।