कर्णालीमा ७० जना सङ्क्रमित थपिए, कुल सङ्ख्या ९१६ पुग्यो

  जेठ ३१, २०७७

सुर्खेत, जेठ ३१ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको छ । शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिएसँगै कर्णालीमा सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको हो ।

सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । 

यस्तै, शनिबार नौ जना सङ्क्रमति निको भएर घर फर्किएका छन् । जिल्ला अस्पताल र दुल्लु अस्पतालमा उपचार गराइरहेका नौ जना निको भएर घर फर्किएको महाशाखाले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमित भएका ९१ जना निको भएर घर फर्किसकेका छन् । कर्णालीमा कोरोनाका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया