काठमाडौं जेठ २८ : समाजवादी पार्टीकी सांसद सरीता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन सो निर्देशन दिएको छ ।
सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै बुधवार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराउनु भएको थियाे ।
सो विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिनुभएको । विधेयक फिर्ता नलिए पार्टील कारवाही गर्न बाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।