स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ३ जनाको सरुवा

  जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : स्वास्थ्य सामग्री खरिदमा विवादमा मुछिएको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठसहित ३ जनालाई सरुवा गरेको छ ।

केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालालाई सरुवा गरेको मन्त्रालयले विभागका महानिर्देशक श्रेष्ठलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा सरुवा गरेको हो । श्रेष्ठको ठाउँमा मन्त्रालयका १२‍औं तहका डा दीपेन्द्ररमण सिंहलाई सरुवा गरिएको छ ।

यस्तै, आपूर्ति महाशाखा विभागका प्रमुख डा. भोगेन्द्रराज डोटेलको पनि सरुवा भएको छ । डोटेलको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका डा रमेश खरेललाई लगिएको छ ।

तपाईको प्रतिक्रिया