तनहुँमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि

  जेठ १८, २०७७

दमौली, जेठ १८ : तनहुँमा पहिलोपटक एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उहाँ गत जेठ १० गते भारतबाट आएर व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्नुभएको थियो । 

उहाँको पश्मिाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । तीन दिनअघि स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा आइतबार बिहान आएको रिपोर्टमा पोजिटिभ देखिएको अधिकारीले बताउनुभयो ।

सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँलाई शुक्लागन्डकी नगरपालिका–४ स्थित बेलचौतारामा रहेको जिपि कोइराला अस्पतालको आइसाेलेसन लगिएको छ । तनहुँमा अहिलेसम्म ३९० जनाको पीसीआर परीक्षण गरिएकोमा पहिलो पटक एक जनाको रिपाेर्ट पाेजिटिभ आएको हो भने ६९ जनाको रिपाेर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया