डा. सुजन पौडेल
हाडजोर्नी विशेषज्ञ, शीर मेमोरियल अस्पताल, बनेपा
लकडाउनको समय घरमै बसीरहँदा धेरै गर्दन, ढाड र हातको पाता तथा जोर्नी दुख्ने खालका समस्या देखिन थालेको छ । लामो समयदेखि घरमा बस्दा स्वास्थ्यमा ध्यान दिन नसक्दा त्यसले पछि धेरै समस्या नित्म्याउन सक्छ । यो लकडाउनको समयमा समेत साना बालबालिका तथा वयस्कमा पनि घरभित्र लडेर हात तथा खुट्टाको हड्डी भाच्चिने समस्या देखिने थालेका छन् । त्यस्तै खेती किसान गर्न जाँदा लडेर चोटपटक लाग्ने समस्या हुने गरेको छ । घरमै बस्दा दिक्क भएर बढी मदिरा सेवन गर्ने र त्यसबाट झैझगडा भइ हाड्डीको समस्या समेत हुने गरेको छ ।
घरमै बसीरहँदा देखिन हाडजोर्नीसँग सम्बन्धित समस्या बारे गोरखापत्र अनलाइनका लागि केशबराज पौडेलले गर्नुभएको कुराकानी :-
धेरै सयम घरभित्रै कोचिएर बस्ता उमेर समुहमा कस्तो असर पार्छ ?
विशेष गरेर हाडजोर्नीको समस्या बालबालिका तथा ज्येष्ठ नागरिकमा छिटो देखिने भएकाले उहाँहरुलाई ख्याल गर्नुपर्छ । वयस्क मान्छेको हड्डी बलियोनै हुन्छ । बृद्धबृद्ध तथा बालबालिकालाई हाडको स्वास्थ्य बलियो बनाउन क्याल्सियम तथा भिटामिन डी प्राप्त हुने खानेकुरा खुवाउनु पर्छ ।
विशेष गरेर दूध दही र सागसब्जी धेरै खानु पर्छ । गाउँघरमै पाउने खानेकुरावाट हामीले यस्तो कुरा पाउन सक्छौ । त्यस्तै माछामासु तथा सोयाबिनजन्य खानेकुरामा ध्यान दिनुपर्छ । सबैले माछा मासु मात्रै खानुहुन्न । हामीले कार्बाेहाइड्रेट, क्याल्सियम तथा पोट्रिनको खानेकुरा खुवाउन आवश्यक छ ।
हड्डीलाई कसरी बलियो बनाउने ?
हामीले हाड मात्रै बलियो बनाउँछौ भन्ने कुरा हैन । हामीले हाडसँगै शरीरका अरु अंङ्ग समेत बलियो बनाउन सक्छौ । हाड मात्रै बलियो बनाउने भन्ने कुरा हुन्न । मानव शरिरका धेरै अंङ्गहरु एक आपसमा अन्तरसम्बन्धित रहेका छन् । यसमा हामीले हाडजोर्नीमा असर पर्न सक्ने र चोट लाग्नवाट जोगिन सक्ने उपायहरु अपनाउनुपर्छ ।
तनाव रहित हुनुपर्छ, सन्तुलित भोजन खानुपर्छ र नियमित व्यायम गर्नुपर्छ । आवश्यक आराम पनि गर्नुपर्छ । यो लकडाउनको समयमा सबैभन्दा जोगिनु पर्ने कुरा भनेको मद्यपान र घुम्रपानवाट जोगिनु हो । यदी हामीलाई हाडजोर्नी दुखेमा केही काम घरमै बसेर गर्न सक्छौ । हामीले बेसिङ स्ट्रेचिङ गर्न सक्छौ । यो भन्नाले दुखेको भागको भागलाई हल्का तन्काउने गर्नुपर्छ । हामी ढाड सडकियो भन्छौ । अहिलेका मान्छेहरु घोप्टो परेर मोवाइल चलाउने, ल्यापटप चलाउने, ट्याप चलाउने गर्छाै । यसरी गर्दा हाम्रो गर्धन र पछिल्लो भागमा असर पर्छ ।
यसले निक्कै पीडा हुन सक्छ । यसमा हल्का मालिस गर्ने । तातोले सेक्ने र सर्पाेटिभ बेल्ट लगाउन सक्छौ । ज्येष्ठ नागरिकहरुमा समस्या हुन्छ । युवा मान्छे लड्यो भने उठ्न सक्छ तर जेष्ठ नागरिक उठ्न सक्नु हुन्न । त्यसका लागि हड्डी बलियो बनाउने लाग्छ भने क्याल्सियम खाने, भिटामिन डी खान सकिन्छ । तर यो दीर्घकालिन उपाय भने हैन ।
हाडजोर्नीका बिरामीले गर्नु पर्ने अभ्यास के के हुन ?
सामान्यतया धेरै समय मोवाइल चलाउने गर्दा गर्दनको माशंपेशीमा समेत समस्या देखिन सक्छ । त्यसमा घरमै मासिल गर्ने, हट ब्यागले सेक्ने गर्नुपर्छ । अधिकाशं दुखाइ पुरानो छ र लामो समयदेखि दुखेकोछ भने तातोले सेक्ने र भर्खरै हिड्दा हिड्दै खुट्टा फर्कियो भने त्यसलाई तातोभन्दा चिसोले सेक्न राम्रो हुन्छ । धेरै दुख्यो भने पारासिटामोलसम्मको प्रयोग गर्न सकिन्छ । तर त्योभन्दा माथिको औषधि चिकित्सकको सल्लाह बेगर खानुहुँदैन । आयो बुफ्रिन समुहको औषधि राम्रो हैन ।
युरिक एसिडको बिरामीलाई के गर्ने ?
युरिक एसिड रगतसँग सम्बन्धित छ । यो रोग रक्तसंचालनमा युरिक एसिडको कण घुम्ने भएकाले यो सबै अंङ्गसँग सम्बन्धित रहेको छ । अझ धेरै हाडसँग छ । हामीले यसलाई मेटापोलिक वाई प्रोडक्कको रुपमा हेर्छाै । हामीले खाएको प्रोटिन पचेपछि शरिरले युरिक एसिड बनाउँछ । यो प्रयोग गरेपछि विशेष गरेर खुट्टाको जोर्नेहरुमा देखिन्छ । यसले गर्धन र मेरुदण्डमा असर पा-र्याे भनेर भन्न सकिदैन ।
यसले हात तथा खुट्टाको जोर्नीहरुमा दुख्छ । यो विशेष गरेर रातको समयमा दुख्छ । यो समयमा आइसप्याक उपयोगी हुन्छ । दुखेको भागमा ब्याडेन्ज गर्ने काम गर्नुपर्छ । यसको लेभल हेर्न अस्पताल आउनु पर्छ । युरिक एसिडको कारणले हुने दुखाइ र जोर्नीको कारणले हुने दुखाइ उस्तै हुन्छ । चिकित्सक बाहेक अरुले यसको भेद थाहा पाउन सक्दैन ।
युरिक एसिडको दुखाइ हुँदा खाना बार्ने केही औषधिको प्रयोग गर्न सकिन्छ र निकोहुन्छ । तर हाडको जोर्नीको दुखाइले निक्कै समस्या पार्छ । चिकित्सकले अप्रेशननै गर्नुपर्छ । युरिक एसिड भयो भनेर ढुक्कसँग बस्नु हुँदैन । कहिले काही हाड जोर्नीको समस्याको कारणले पिप जमेर समेत बसेको हुन सक्छ । त्यसलाई हामीले ढुक्क भएर बस्नु हुन्न ।
हाडजोर्नीको शल्यक्रिया गरेकाले के कुरामा ध्यान दिनु पर्छ ?
पुरानो शल्यक्रिया तथा केही कारणले शरिरमा राखेको स्टिलको कारणले क्यान्सर होला भनेर मान्छेमा भ्रम छ । हामी डाक्टरले शल्यक्रियाको समयमा पक्कै पनि नराम्रो कुरा राख्दैनौ । कसैलाई क्यान्सर गराउन चाहदैनौ ।
यदी स्टिलको कारणले पीडा भएको छ भने त्यसलाई निकाल्न पनि सकिन्छ । त्यो काम हामीले कोरोनाको कहरपछि पनि गर्न सक्छौ । जोर्ने प्रत्यारोपण गर्ने समस्या छ भने त्यो लामो समयदेखिको समस्या हो । यो पछि पनि हामीले गर्न सक्छौ । तर टुटेफुटेको हड्डीमा लेप लगाएर, चिप्ले कुरा खाएर बस्नु भएन । यो जोखिमपुर्ण हुन्छ । यो अवस्थामा अस्पताल आउन हुन अनुरोध छ ।
समुदायस्तरमा समेत हामीले स्वास्थ्यकर्मी हुनुहुन्छ । स्वास्थ्यकर्मी घर नजिकहुँदा हामी सुरक्षित रहेको महसुस गर्छाै । तर पछिल्लो समय स्वास्थ्यकर्मीप्रतिनै फरक रुपमा हेर्ने गरिन्छ । मान्छे अस्पतालवाट फर्कदा समेत उनीहरुप्रति भेदभाव भएको हुन्छ । स्वास्थ्यकर्मीले आफू जोगिन र अरुलाई जोगाउन जानेको हु्न्छ ।
त्यसैले भेदभाव स्वास्थ्यकर्मीमा नहोस भन्ने चाहना छ । हेल्थ केयर पन्र्सनले पनि पिपिइ अत्याधिक सुन्छौ । पिपिइ हुन धेरै कुरा चाहिन्छ । त्यसमा पन्जा, गोल्भ,चश्मा सबै हो । हामीले राम्रोसँग यसको प्रयोग गरौ । हामीले राम्रोसँग त्यसको प्रयोग गर्नुपर्छ । हामी सबैले पिपिइ लगाएका छौ । किराना पसलेले पिपिइ लगाउन जरुरी हुन्न । उहाँले माक्स लगाउने, हात राम्रोसँग धुने काम गर्नुपर्छ । सेनिटाइजर भन्दा हात धुनु राम्रो हो ।