रौतहट, जेठ १५ : क्वारेन्टाइन निर्माण गर्ने विषयमा रौतहटमा बिहीबार झडप हुँदा जिल्लाको कटहरिया नगरपालिकामा क्वारेन्टाइन निर्माण गर्ने विषयलाई लिएर उत्पन्न भएको विवाद झडपमा परिणत भएको थियो । झडप नियन्त्रणमा लिन कटहरिया नगरपालिकाले वडा नं १ भसेढवाको भसेढवा माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो ।
चारैतिर बस्तीको बीचमै रहेको उक्त विद्यालयमा क्वारेन्टाइन राख्दा बस्ती नै कोरोनाको उच्च जिखिममा पर्ने भन्दै स्थानीयहरुले सो ठाउँमा क्वारेन्टाइन राख्न अडान लिएपछि झडप भएको हो । झडपको क्रममा स्थानीयहरुले ढुंगामुढा समेत गरेका थिए । झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ ।
स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभएको छ ।
कटहरिया नगरपालिका ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टाइनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टाइन निर्माण गर्न लागेको थियो ।