अनलाईनमा समेत लोक कल्याणकारी विज्ञापन दिइने

  जेठ १५, २०७७

काठमाडाै‍, जेठ १५ : सरकारले अगामी वर्षसम्म फाइबर टु होमवाट सबै स्थानमा इन्टरनेट पु-याउने र आगामी बर्ष देशभरी फोर जी सेवा पु-याइने बताइएको छ ।

सबै प्रदेशमा संचारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पु-याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गर्नुभएको छ । उहाँले पत्रकार बीमालाई निरन्तरता दिने बताउनुभएको छ ।

अनलाईनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारण गरिने भएको छ । प्रत्येक प्रदेशमा चलचित्र छायांकन गर्ने र चलचित्र विकास वोर्डलाई भवन निर्माणका लागि भवनको लागि रकमको व्यवस्था गरिएको उहाँले बजेट भाषणमा उल्लेख गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया