कैलाली, जेठ १४ : कैलालीको त्रिनगर नाकाबाट आज पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ। स्थानी प्रशासनको समन्वयमा आज पनि उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार आज मात्रै चार हजार सात सय ९४ जनाको उद्धार गरिएको छ ।
आज उद्धार गरिएका कसैको पनि परीक्षण हुन नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । आज ४७ सय बढिको उद्धार भएसंगै कैलालीको त्रिनगर नाकाबाट जेठ महिनाका १० दिनको अवधीमा २४ हजार बढि नेपालीको उद्दार गरिएको छ ।
भारतका विभिन्न क्षेत्रबाट फर्किएर सीमा नाकामा अलपत्र परेका २४ हजार तीन सय ४२ जनाको उद्दार गरिएको हो। बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौँ सय ६४, १२ गते दुई हजार दुई सय २७ र १३ गते ५ हजार दुई सय ४२ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीको र्यापिड टेस्ट गरिएको थियो । उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो। तर ७ गते आएका ८ सय ५८ जनालाई र्यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो ।
८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ । यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि ¥यापिड टेस्ट समेत गरिएको छैन् ।
भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ। तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुको परीक्षण हुने बताए ।