गाईघाट,जेठ १४ : नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउदै आएको सिल बुधवार हटाएको छ ।
गत वैशाख ५ गते भुल्के स्थित मस्जितमा बस्दै आएका चार नेपालीसहित १६ जना मध्ये १२ जना जमातीमा कोरोना भाइरस (कोभिड–१९) भएको पुस्टी भएसंगै स्थानीय प्रशासनले भुल्के गाउँलाई पुरै सिल गरी कडा सुरक्षा घेरामा नियन्त्रण गर्दै आएकोमा बुधवारबाट सिल हटाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुडामगरले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार अहिलेसम्म सङ्क्रमितका परिवार र उहाँहरुसँग सम्पर्कमा रहेका मुस्लिम समुदाय र अन्य समुदायका समेत गरी भुल्के क्षेत्रका मात्रै पाँचसय ८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।
यसरी लगातार तेश्रोपटकसम्म पिसिआर परिक्षण गरिदा ३२ जना बाहेक अरु पाँचसय ५० जनाको रिपोट नेगेटिभ आएको तथा कोरोना पोजेटिभ पाइएकाहरु मध्य पनि २४ जना निको भएर घर फर्कि सकेको र अन्य आठ जनाको पनि स्वास्थ्य स्थििति सामान्य रहेकोहुँदा अबको केहिदिनमै घर आउन सक्ने भएकोले भुल्के गाउँलाई केहिदिन भित्रै कोरोनामुक्त घोषा गरिने जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।
तीनसय १५ घर परिवारका एकहजार पाँचसय स्थानीयलाई वैशाखको पहिलोसातादेखि हिलेसम्म संक्रमित क्षेत्र भुल्केमा आप्mनो घर आागनबाट अन्यत्र चल्न चटपटाउन समेत नदिएर र गाउँको चारैतर्फ सुरक्षा घेरामा राखिएकोमा अव समुदायमा कोरोना सङ्क्रमण नियन्त्रण हुँदै गएको पाइएपछि आजबाट त्यहाँको जनजीवन सहज तुल्याइएको हो ।
संक्रमित क्षेत्र नेपाली सेनाको १८ नं बाहिनी अड्डा नजिकै करिव पाँसय मिटरको दुरीमा छ । आउजाउका हिसावले नजिकको बस्ति रहेकोले त्याहाँस्थित शैनिक अड्डा समेत उच्च जोखिममा छ कि भन्ने आसङ्का गरिएको थियो । तर अहिले त्यस्तो कुनै आशङ्का नरहेको र समग्र भुल्के क्षेत्रको जनजीवन पहिलेकै जस्तो सामान्य अवस्थामा फर्किरहेको सो बाहिनीका बाहिनीपति कृष्णप्रसाद शापकोटाले बताउनुभयो ।
स्वास्थ्यकर्मि,स्थानीय प्रशासन,त्रियुगा नगरपालिका,राजनैतिक दल तथा विभिन्न सामाजिक संघसंस्था,नागरिक समाज,सङ्क्रमति र उहाँहरुका परिवार तथा सञ्चारकर्मिहरुकोसमेत सामुहिक प्रयासबाट लक डाउनको पूर्ण पालना एवम् सुरक्षा विधिहरुको पालना गरीएकोले उदयपुरमा कोरोना भाइरस नियन्त्रणमा सहज भएको जिल्ला जनस्वास्थ्य प्रमुख सुवेदिले बताउनुभयो ।
कोरोना अस्पताल विराटनगरमा उपचार गरी निको भएर एकसाता अघि नै आएका तर मोगिढास्थित त्रियुगा जनता क्याप्सको क्वारेन्टाइनमा बस्दै आनुभएका ५५ वर्षिया रौसना खातुन,४१ वर्षिय मुफतर मियाँ,१८ वर्षिय इमरान आलम, १८ वर्षिय पर्वेज आलम र ,२० वर्षिय आजाद आलमलगायत २४ जनालाई खादा वडाएर फूलमालासहित विदाई गर्दै स्वास्थ्य प्रमुख सुवेदीले आजबाट उदयपुवासिको जनजीवनमा खुसियाली सँगै नयाँ उत्साह आएको बताउनुभयो ।
सो अवसरमा उहाँले अव घरमा गएर पनि सामाजिक दुरी कायम गर्न,सेनिटाइजर,मास्क लगायतका सुरक्षा विधिहरु अपनाउन र सरकारले गरेको लक डाउनको पूर्ण रुपले पालना गर्न अनुरोध गर्नुभएको छ ।