धनगढी, जेठ १४ : भारतबाट फर्केर सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका पुरुषको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ ।
आज बिहान आईसोलेसनमा मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।
यस्तै कञ्चनपुरमा क्वारेन्टाईन व्यवस्थापनमा जुटेका वडाध्यक्षको पनि मृत्युपछि कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ ।
गएराती एक्कासी बेहोस भई ज्यान गुमाएका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको पनि थ्रोट स्वाबको नमूना संकलन गरिएको हो।
उनीहरु दुवैजनाको आजै धनगढी प्रयोगशालामा कोरोना परीक्षण गरिनेछ ।