कालीमाटीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल

  जेठ ०७, २०७७

काडमाडौं, जेठ ७ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै प्रहरीका सो बृत्त सिल गरिएको छ ।

कालीमाटी स्थित वृत्त परिसर मै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रमुख रुगम कुँबरले बताउनुभयो ।

टेकुस्थित प्रयोगशालाले मंगलबार एक जना सइ र एक जवानमा कोरोना संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

हाल कालीमाटी बृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक बृत्त पनि रहेको र उनीहरुको खाने बस्ने एकै स्थानमा भएकाले त्यहाँ करीब दुई सय प्रहरी कार्यारत रहेको बताइएको छ । उहाँले संक्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोशाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताउनुयभो ।

आजै स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भएको कुँबरले बताउनुभयो ।अहिले सो क्षेत्रमा आसपासको सुरक्षामा अन्य बृत्तहरुबाट प्रहरी परिचाल गरिएको छ ।

तपाईको प्रतिक्रिया