बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

  जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ ।

नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

तपाईको प्रतिक्रिया