कोठामा भाडामा बस्‍नेलाई जबर्जस्ती निकाले कारबाही गर्नू : गृह मन्त्रालय

  जेठ ०५, २०७७

काठमाडौं, जेठ ४ : गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका क्रममा अग्र भागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएको छ ।

घर भाडामा बस्‍ने तथा दिउँसो ड्युटी गरेर फर्कने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घरबेटीले प्रवेश रोक्‍ने र घरबाटै निस्कन धम्की दिने जस्ता गुनासो आएको भन्दै गृहले त्यसप्रति आफ्‍नो ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यस्ता किसिमका अमानवीय घटना भएमा तत्काल संलग्‍नमाथि कारबाही गर्न निर्देशन दिइएको बताए ।

तपाईको प्रतिक्रिया