काठमाडौं, जेठ ३ : नेपाल औषधि व्यवसायी संघले सञ्चारकर्मीहरुका लागि मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ ।
विश्व महामारीको अवस्थामा नेपालमा पनि सञ्चारकर्मीहरु अग्रस्थानमा रहेर समाचार संकलन गर्नुपर्ने भएकाले संघले सर्जिकल मास्क तथा स्यानिटाइजर सहयोग गरेको हो ।
औषधि व्यवसायी संघका केन्द्रीय कार्यालयमा आयोजित स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले पत्रकार जगन्नाथ ढकाललाई मास्क ,स्यानेटाइजरलगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
उक्त सामाग्री स्वास्थ्यमा कलम चलाउने पत्रकारहरुलाई वितरण गरिनेछ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले चाहेर पनि पत्रकारहरु घरमा बस्न नसक्ने भन्दै फ्रन्टलाइनमा रहेर काम गर्नुपरेकाले मास्क तथा स्यानिटाइजरलगायतको स्वास्थ्य सामाग्री अनिवार्य भएको बताउनुभयो । उहाँले भूकम्प तथा लक डाउनको महामारीमा पनि औषधिको अभाव नभएको बताउनुभयो ।