काठमाडौँ, जेठ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने भन्दै राजनीतिक स्थायित्वमा जोड दिनुभएको छ ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
उहाँले राजनीतिक स्थायित्त्वबाट मात्रै नीतिगत निरन्तरता हुने र नीतिगत निरन्तरताबाट मात्रै सरकारका कार्यक्रमहश्रू कार्यान्वयन हुने बताउनुभयो ।
उहाँले मानवजीवन अमूल्य रहेको र त्यसको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै मानवजीवनको रक्षा गर्नसके मात्रै आर्थिक तथा अन्य कुराको क्षतिपूर्ति गर्नसकिने बताउनुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो को प्रति राष्ट्रपति समक्ष प्रस्तुत गर्नुभएको थियो ।
नेकपा नेतृत्त्वकाे सरकार गठन पछिको यो तेस्रो नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रमकाे प्रत्यक्ष प्रशारण गाेरखापत्र अनलाइनकाे फेसबुकमा हेर्न सकिने छ ।