काठमाडौ, जेठ २ : नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकमा सहभागी नेताहरुले ले केही महत्वपूर्ण सुझावहरु दिएको उहाँले बताउनुभयो । साथै स्थायी कमिटिको बैठकबारे केही छलफल भयो कि भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफमा श्रेष्ठले त्यस विषयमा केही टुङ्गो नभएको र अब नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सचिवालय बैठकमा छलफल हुने बताउनुभयो ।
‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला,’ प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।