काठमाडौँ, वैशाख ३१ : मंगलबार कोरोना संक्रमण पुष्टि भएकी काठमाडौं मच्छेगाउँकी महिला केही दिनअघि मात्रै कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ ।
सशस्त्र प्रहरी हवल्दारकी श्रीमती उनी तीन-चार दिन अघि महेन्द्रनगरबाट आएको भेटिएको प्रहरी स्रोतले बताएको छ । उनका पति सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत छन् । उनलै श्रीमतीको परीक्षण गराउन अस्पताल लगेका थिए । प्रहरीले अहिले उनको ट्राभल हिस्ट्री बनाउने काम भइरहेको बताएको छ ।