काठमाडौं, वैशाख २६ : संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो ।
देशमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि हिजो संघीय सांसदहरु र कर्मचारीहरुको स्वाबको नमूना लिइएको थियो ।