सङ्घीय संसद्को बजेट अधिवेशनको तयारी

  बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : सङ्घीय संसद्को बजेट अधिवेशन आज (शुक्रबार)देखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार आज अपराह्न ४ बजे दुबै सदनको बैठक प्रारम्भ हुँदैछ ।

कोरोना भाइरस९कोभिड–१९०को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया