अछामकाे आइसोलेशन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भेटिएन

  बैशाख १९, २०७७

अछाम, वैशाख १९ : कोरोना भाइरसको आशंकामा अछाम अस्पतालको आइसोलेशन कक्षमा उपचाररत रहेकी महिलामा कोरोना संक्रमण नभएको नतिजा आएको छ ।

वैशाख १५ बाट मंगलसेन नगरपालिका–५ की ५१ वर्षीया महिलालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

आइसोलेशन कक्षमा रहेकी महिलाको बिहीबार विहान मृत्यु भए लगत्तै स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि सुर्खेतमा पठाइएको थियो । मृतकको आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

आइसोलेशन कक्षमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न भएका डाक्टरसहितका १३ जना स्वास्थ्यकर्मी आइसोलेशनमा बसेका थिए ।

मृतकलाई ज्वरो आउने, खोकी लाग्ने भइपछि चारदिन अघि जिल्ला अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरेर उपचार भइरहेको थियो ।

मृतकको बिहीबार नै परम्परागत रुपमा दाहसंस्कार सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया