दुई अभिनेता गुमायो बलिउडले, अमिताभले भने, ‘म टुक्रिएँ’

  बैशाख १८, २०७७

मुम्बई, वैशाख १८ : दुई दिनमा दुई अभिनेता गुमाउदा बलिउड शोकमा डुबेको छ । बुधबार अभिनेता इरफान खानको निधन भएको थियो भने आज बिहीबार बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

उनीहरूको निधनको खबरले बलिउड महानायक अमिताभ दुखी भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनको निधन भएको बताएका छन् । उनले स्टाटसमा भनेका छन् ‘ऋषि कपुरको पनि निधन भयो । म टुक्रिएँ।’

लामो समयदेखि क्यान्सर रोगबाट पिडित ऋषि कपुरको आज बिहान  ६७ वर्षको उमेरमा निधन भएको हो । बुधबार एक अभिनेता गुमाएको बलिउडले आज पनि अर्का अभिनेता गुमाएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना भएका ऋषि कपुरको अचानक बिहानै निधन भएको हो ।

तपाईको प्रतिक्रिया