अक्षयले मुम्बई पुलिसलाई गरे २ करोड सहयोग

  बैशाख १६, २०७७

मुम्बई, वैशाख १६ : बलिउडका चर्चित अभिनेता अक्षय कुमारले कोरोनाविरुद्ध लडाइमा सहयोग गरिरहेका छन् । भारतिय मिडियाका अनुसार उनले हालै मुम्बई पुलिसलाई २ करोड भारतीय रुपैयाँ सहयोग गरेका हुन् । मुम्बई पुलिसले अक्षयले सहयोग गरेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमाफृत जानकारी गराएका हुन् ।

यसअघि पनि अक्षयले प्रधानमन्त्री राहत कोषमा २५ करोड रुपैयाँ भारु र बीएमसीलाई तीन करोड रुपैयाँ सहयोग गरेका थिए । सहयोगी मन भएका अक्षयले कोरोनाविरुद्धको लडाईंमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सहयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया