लकडाउनले सुटिङ रोकिदा कंगनाको टिमलाई करोडौं क्षति

  बैशाख १५, २०७७

मुम्बई, वैशाख १५ : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका धेरै देशका फिल्मी कार्यहरु बन्द भएका छन् । यस्तै कोरोना रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण बलिउडका कामहरु पनि ठप्प छन् ।  लकडाउनका कारण फिल्मी काम हुन नपाउदा सबै कलाकार घरमै बसिरहेका छन् । लकडाउनले गर्दा  शुटिंग रोकिदा धेरै फिल्मले करोडौं घाटा बेहोरेका छन् ।

यस्तै बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतको टिमले पनि करोडौंको क्षति बेहोरेको छ । भारतिय मिडियाका अनुसार कंगनाको अब आउने फिल्म थलाइवी टिमले ५ करोड रुपैयाँको घाटा बेहोरेको बताइएको छ । अहिले फिल्म थलाइवीका मेकर्सले ५ करोडको क्षति बेहोर्दा निराश भएका छन् ।

यस टिमले हैदराबाद स्टूडियोमा संसद भवनको सेट बनाएको थियो। तर लकडाउनका कारण शूटिङ रोकियो । उक्त सेट खराब हुन लागिसकेको छ तर शूटिङ हुन पाएको छैन । एएल विजयले निर्देशन गरेको यस फिल्ममा  कंगनाले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको भूमिका निभाएकी छिन् ।

तपाईको प्रतिक्रिया