इटालीमा कोरोनाबाट एक सय ५० डक्टरको मृत्यु

  बैशाख १३, २०७७

काठमाडौं, वैशाख १३ : इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् ।

यसैबीच इटालीको स्वास्थ्य स्याहार क्षेत्रको सुधारको लागि पर्याप्त कदम नचालिएको आवाज पनि उठ्न थालेको छ । इटालीको स्वास्थ्य स्याहार समूह एएनएएओले सरकारले स्वास्थ्य प्रणाली बचाउन पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेको छ । सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको छ । तर, एएनएएओले भने यो रकम पर्याप्त नरहेको बताएको अनलाइन खबरमा उल्लेख छ ।

समाचार एजेन्सी सिएनएनका अनुसार इटालीमा अहिलेसम्म एक लाख ९२ हजार नौ सय ९९४ जना मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २५ हजार नौ सय ६९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । इटाली अमेरिकापछि यो भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

तपाईको प्रतिक्रिया