भिम मल्ल
हाम्रो देश नेपाल । अनि हामी नेपाली । यो शब्द आँफैमा एक अनेकौं स्वाभिमानको प्रतीक हो। इतिहास साक्षि थियो, छ र रहिरहने छ। राजा बिरेन्द्र बिर बिक्रम शाहको पालामा भारत ले नेपाल विरुद्ध पन्द्र महिना को नाकाबन्दी गरेको थियो ।
राजाले प्रधानमन्त्री मरिचमानसिङ श्रेष्ठलाई बोलाएर सोधेछन नेपालबाट गएर काम गरेर बसिरहेका रहेछन ?पिएम ईन्डिया ले त्यहाँका काम गरेर बसेका सबै नेपाली लाई निकाल्ने भन्ने सुन्छु रिपोर्ट चाहियो। प्रधानमन्त्री ले दस दिनको समय माग्नु भयो प्रहरी प्रशासन , गुप्तचर सबै को रिपोर्ट आयो । प्रम ले आठ दिन मै राजा लाई जाहेर गरे ! सरकार जम्मा तीन लाख सतरी हजार रहेछन ।
उनीहरु नेपाल आए भने एलानि प्रती जमिनमा म मिलाएर राख्छु। पढेलेखेका मानिसहरु लाई रोजगारी मिलाउछु ! चिन्ता नलिइबक्सियोस । राजाले भने कसैले दुख नपाउन !”बिरेन्द्र स्मृति ग्रन्थमा यसको चर्चा पनि छ । रास्ट्रनायक अनि दलनायक को सोचमा कति अन्तर हुँदोरहेछ ।
बिश्वमा ब्राजिल पछि को दोस्रो जलस्रोत मा धनी देश नेपाल, १८ सय भन्दा धेरै प्रजातिका जडिबुटीहरु पाइने हाम्रो देश नेपाल, भौगोलिक विविधताले भरिपूर्ण देश नेपाल, सार्बभौमसत्ता देश नेपाल र यो धनी देश का हामी गरिब जनता र यी जनताले चुनेर नेतृत्वमा बसेका काम नगर्ने नेताहरु यतिबेला रास्ट्र गम्भीर सङ्कट मा छ ।
स्पष्ट बोल्न अनि सोँच्न नजान्ने , स्पष्ट मिसन र भिजन नभएका ब्यक्तिको नेतृत्वमा छ मेरो देश नेपाल । काेभिड –१९ को बेला उखान- टुक्का हानेर रोग निर्मुल पार्न खोज्ने खालका प्रम भएको सुन्दर देश नेपाल का हामी अभागी जनता खै कसलाइ भनौं के भनौं । समस्या नहुदा बिदेशमा रहेका श्रमिकको रेमिट्यान्सले पालेर बसेका थिए नेता ।
अहिले तिनै आफ्ना नेपाली जनतालाई सम्स्या परेर घर फर्काउन आग्रह गर्दा जो जहाँ छौ त्यहि बस भनेर अभिव्यक्ति दिन्छन । तिमिहरु लाई के थाहा 40, 50 डिग्री सेल्सियस को तापक्रममा बिदेशी भुमिमा कति धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरू ले रगत का आसुँ बगाइरहेका छन, भोक भोकै सडक पेटिमा हिँड्न बाध्य छन ।
एन. आर एन. ए.ले कति धेरै जनालाइ उद्गार गरिरहेको छ । के यो उद्दार जिम्मा सामाजिक सँस्थाको मात्र हो ? बिदेशि भुमिमा काम गरेर आज नेपालको अर्थतन्त्रमा टेवा पुर्यायाइ रहेका श्रमिकहरु लाई अफ्ठ्यारो पर्दा राज्यले भाषण बाहेक केही कदम चाल्दैनन, के उनीहरूकाे सुरक्षामा राज्यकाे दायित्व र कर्तव्य छैन ।
श्रमिकहरुको रगत र पसिना बाट जम्मा भएको राज्यको ढुकुटी नेता र मन्त्रीहरु को मोजमस्ती र मार्सी चामल को लागि अनि महङ्गो गाडी किन्न को लागि होइन यस्तै आपत बिपत मा नेपाली जनता ले दुख पाँउदा काम लागोस भनेर हो तर आज आफ्नो जन्मभुमि फर्कन चाहँदा चाँहदै पनि यो देशको नेतृत्वले आँखामा पट्टि बाँधेर बसेको छ आखिर के को लागि !
तिमीहरू देशको नेतृत्व स्थानमा बसेको किन ? के का लागि ? कसरी भन्न सक्छौ बिस्वका शक्तिसाली स्रोत र साधन ले भरिपुर्ण भएका देश ले थेग्न नसकेको विषम परिस्थितिलाई हाम्रो देशमा घुस गरि खाने भाँडाे बनाएका हुन । हरेक देश को नागरिक लाई फिर्ता लैजान आग्रह सबै देश ले गरिरहेको छ । परदेशमा न गास न बास न कपास भएको बेलामा आफ्नै देश मा आफै घर मा गयर जे छ त्यहि खाने अनि आफ्ना परिवार संग बस्ने मन हुदैन ।
अब सुनिदिने कसले , बुझिदिने कसले ! सम्बन्धि निकाय, दुतावास बनाएको के का लागि ? अर्काको देशमा भोकभोकै बसेर तलमाथि केही भैहाल्यो भने छोराछोरीको लास समेत हेर्न नपाँउदा कुन बाबुआमा को मन छियाछिया नहोला । हे नरपिचास नेता हो गर केही त गर देशको यस्तो अबस्थामा पनि आफ्नो घरमा ब्यायाम र खाने कुराको रुटिङ्ग भेज ननभेज भनेर कस्तो वेवास्ता गरेका छाैं ।
मानवता भन्ने छैन ? तिमीहरु ले स्वर्ग को मार्कसिट पाएकै हो ? तिमीहरुको पाप नस्ट भएकै हो ? विश्वका कतिपय देशहरु ले आफ्ना जतिपनी भएका पाँचतारे होटलहरु लाई हस्पिटलमा रुपान्तरण गरिसके हाम्रो देशमा भने उपचार नै नगरी फर्काउने, बिरामी लिन नजाने सम्बन्धित निकायका प्रमुखहरू दुलो पसेर बस्ने , एक शब्द नबोल्ने ।
देश यस्तो विषम परिस्थितिमा गुज्रिरहेको छ त्यही छिमेकी मित्ररास्ट्र भारतमा सबैले देशको नाममा सहयोग गरिराखेका छन तर हाम्रो नेपालमा भने कहाँबाट कसरी घुस खान पाइन्छ भनेर दाउ हेरिरहेका छन अन्तरास्ट्रिय छिमेकी मिडिया ले नेपाल को सर्बत्र बिरोध गरेको छ। चुनावको बेला कोहि नछुटुन, कोहि नदोहोरिउन भनेर सबैको पहिचान खुल्ने गरि डाटा सङ्कलन हुन्छ !
के यो देशमा घटिरहेको घटना चुनाव भन्दा सानो हो ? देशमा प्रत्येक ब्यक्ती को नाम सङ्कलन गरेर रोगी वा निरोगी पहिचान गर्न सकिदैन । एकदिन सबै को पालो आउँछ भनेको हो रहेछ सबैको घमण्ड तोडिएको छन ।
लेखक एनआरएनए दुबई शाखाका अध्यक्ष हुन् ।