काठमाडौं, वैशाख ५ : राष्ट्रपति कार्यालयले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा विनियोजित साढे ९ करोड बजेट सरकारी सञ्चित कोषमा फिर्ता गरेको छ ।
कोभिड–१९ का कारण विशेष परिस्थिति सिर्जना भएको भन्दै राष्ट्रपति कार्यालयले उक्त रकम सरकारी सञ्चित कोषमै जम्मा हुने व्यवस्था मिलाएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आफैं पनि विभिन्न शीर्षकका बजेट कटौती गरिरहेको इकान्तिपुर अनलाइनले जनाएको छ ।