काठमाडौं, वैशाख ५ : सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ ।
सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।
सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालयले खटाएको अस्पतालमा काम गर्ने गरी चिकित्साशास्त्र अध्ययन संस्थान नेम्समा अध्ययनरत चिकित्सकको टोली पठाइएको उहाँले बताउनुभयो ।
हाल एक महिना अवधिका लागि पठाइएको र आवश्यकता अनुसार थप गरिने बताइएको छ ।
सो टोलीलाई यति एयरको विमान चार्टर गरी त्यहाँ पु¥याएको र उहाँहरूलाई आवश्यकताअनुसार विभिन्न जिल्लामा खटाइनेछ ।