काठमाडौँ, वैशाख ३ : काठमाडौँ, वैशाख ३ गते । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो ।
आयोगको सदस्यहरुमा भिमबहादुर कार्की(पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) हुनुहुन्छ । अध्यक्ष ज्ञवाली चितवन महानगरपालिका मेयर रेणु दाहालसँग पराजित हुनुभएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललका प्र्रेस संयोजक देविका घर्ति मगरले आयोग गठन भएको बारेमा जानकारी दिनुभएको हो ।
गत चैत ९ गतेको मन्त्री परिषद्को निर्णयअनुसार आयोग गठन गरिएको हो । भूमि सम्बन्धी ऐन (आठौं संशोधन) २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ । उक्त ऐनअनुसार आयोग गठन गरिएको हो ।