रेडियोबाट एसइई तयारी कक्षा

  चैत २८, २०७६

कालीकोट चैत २८ : विश्वमा फैलिएको कोरोना भाईरस( कोभिड १९) रोकथामका लागि मुलुक लकडाउनमा छ । देश भर सुरु हुन लागेको एसईई परीक्षा समेत स्थगन भएपछि अन्यौलमा रहेका विद्याथीलाई कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नो एफ.एम रेडियो मार्फत पढाई सुरु गरेको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि मुलुक लकडाउनमा रहेको र एसईई परीक्षा दिन नपाएर विद्याथी तनावमा रहेका वेला उनीहरुको ध्यानकेन्द्रीत गर्न गाउँपालिकाले एसईई परीक्षा तयारी कक्षा रेडियो मार्फत दिन सुरु गरेको हो । गाउँपालिकाले आफै स्थापना गरेको रेडियो सान्नीत्रिवेणी एफ.एमले स्टुडियोमा बिषयगत शिक्षक र केही विद्याथी राखेर तयारी कक्षा सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाहीले एसईई दिन नपाएर भौतारिएका विद्याथीको मनोवल नगिरोस भनेर तयारी कक्षा रेडियोमार्फत सञ्चालन गरेको वताउनुभयो । अध्यक्ष शाहीले नेपालमा पहिलो पटक गणित साहित्य पुस्तक प्रकाशन गरेका शिक्षक सवराज बमको सहयोगमा तयारी कक्षा चलिरहेको वताउनुभयो ।

दुर्गमका विद्यार्थीलाई जटिल वनिरहेको गणित र अग्रेजी विषयलाई केन्द्रीत गरेर पढाई भईरहेको छ । स्टुडियोमा शिक्षकले पढाई रहेका वेला विद्याथीले प्रश्न गर्ने र त्यसलाई बिश्लेषण गरेर घरमा रहेका विद्याथीलाई वुझाईने गरिएको छ । शिक्षक सवराज बमले फोनवाट नजानेका कुरा विद्याथीले सोध्नु र स्टुडियोवाटै उत्तर दिएर अभ्यास गराएर वुझाउने गरेको वताउनुभयो ।

उहाँले चार वर्ष पहिला देखिको आफ्नो रेडियो तयारी कक्षा सञ्चालनको अनुभवलाई यस वर्ष पनि गाउँपालिकाले स्थापना गरेको रेडियो मार्फत जारी राखेको वताउनुभयो । शिक्षक सवराज बम लगाएतका शिक्षकले चार वर्ष पहिला देखि जिल्लामा रहेको रेडियो नयाँ कर्णाली मार्फत एसईई तयारी कक्षा सञ्चालन गदै आएका थिए ।

तपाईको प्रतिक्रिया