काठमाडौँ, चैत २६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुका ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकिएको जानकारी गराएको छ ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अहिलेसम्मका ८ वटा केसका ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको जानकारी दिएका हुन्।
प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङमा २ र धनगढीमा ४ जना छन्।
उनले हालसम्म२ हजार ३६६ नमुना परीक्षण भइसकेको जानकारी दिए। परीक्षण दायर बढाउँदै लगिएको भन्दै प्रवक्ता देवकोटालेउपत्यका बाहिरबाट नमुना संकलन भएर आइरहेको जानकारी दिए।
बुधबारसम्मकोतथ्यांक अनुसार उपत्यकामा १२ र बाहिर १२२ गरी १३४ जना आइसोलेसनमा छन्।८ हजार ५८० जना क्वारेन्टाइनमा रहेका प्रवक्ता देवकोटाले जानकारी दिए।