काठमाडौं चैत २५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि पार्टी र सरकारले गरिरहेको काम समिक्षा गर्नुका साथै कोरोना भाइरसको नियन्त्रणका लागि अझैं प्रभावकारी रुपमा कसरी अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । देश लक डाउनमा गएपछि सचिवालयको यो पहिलो बैठक हो ।