काठमाडौं, चैत २५ : क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले कोरोनाभाइरसका लागि परीक्षण गर्ने तयारी गरेका छन् । वैज्ञानिकहरु स्वास्थ्य कार्यकत्र्तासँगै सर्वसाधारणलाई शिघ्र राहत दिलाउन यसप्रकारको परीक्षणमा जुटेका हुन ।
क्षयरोग विरुद्ध प्रयोग हुने बैसिलस कालमेट्ट–गुइरिन(बीसीजी) खोप अझै विकासशील राष्ट्रहरुमा ब्यापक रुपमा प्रयोग हुँदै आएको छ । वैज्ञानिकहरुले बीसीजी खोप क्षयरोगभन्दा वृहत्तरुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । खोपले शिशु मृत्युदरमा कमी ल्याएको छ । श्वासप्रश्वास सम्बन्धी संक्रमणमा समेत बीसीजी खोप प्रभावकारी देखिएको छ ।
विज्ञहरुका अनुसार खोपले भाइरस, ब्याक्टेरिया र परजीवीको संक्रमणलाई पहिचान गरी प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गरेको छ । बीसीजीको खोपले कोरोनाभाइरस संक्रमण तीब्र हुनबाट जोगाउने काम समेत गर्ने केही प्रमाण फेला परेको छ । केही महिनाभित्रै गरिने प्रयोगशाला परीक्षणपछि मात्रै उक्त प्रमाणलाई थप पुष्टि गर्नेछ ।
अष्ट्रेलियाका मेलबर्नका केही वैज्ञानिकहरुले बीसीजी खोपबारे हजारौं चिकित्सक, नर्स, श्वासप्रश्वास थेरापिस्ट र अन्य स्वास्थ्य कार्यकत्र्तामा थप अनुसन्धान र अध्ययन सुरु गरेको छ । सुरु गरएिको नियन्त्रित परीक्षण कोरोनाभाइरस संक्रमितमा कत्तिको प्रभावकारी हुने निक्र्योल गर्नेछ ।
मेलबर्न विश्वविद्यालयमा शोधकत्र्ताको रुपमा कार्यरत परीक्षण योजनाका प्रमुख योजनाकार समेत रहनुभएका निजल कर्टिसले उक्त खोप रामवाण नै हुने कसैले विश्वास गरेको छैन् । यद्दपी संक्रमित स्वास्थ्य कार्यकत्र्तामा खोप लगाएपछि छिट्टै निको भई काममा फर्किनसक्ने विश्वासका साथ परीक्षण अगाडी बढाइएको उल्लेख गर्नुभयो ।
डा. मिहै जी नेटाले नेदरल्याण्ड्समा एक हजार जना स्वास्थ्य कार्यकत्र्तामा दश दिन अघि नै प्रयोगशाला परीक्षण सुरु गरिएको बताउनुहुन्छ । बोस्टनका स्वास्थ्य कार्यकत्र्तामा समेत प्रयोगशाला परीक्षण सुरुवात गर्न तयारी गरिएको मासासुट्स अस्पतालका संक्रामक निर्देशक डा. डेनिस फौस्टमनले बताउनुभयो ।
“मानवमा परीक्षण प्रयोगशालाबाट हामीले बलियो तथ्याङ्क पाएका छौं, मुसामा हैन ।”– डा. फौस्टमन बताउनुहुन्छ । खोपले भाइरल र परजीवीको संक्रमणबाट सुरक्षा गर्ने बताउनुहुँदै डा. फौस्टमन आजै परीक्षण गर्ने उत्साहित रहेको थप्नुहुन्छ ।
बीसीजी खोपको अव्यवहारिक इतिहास छ । करिब दुई शताब्दी अघि नै यो खोप विकास गर्ने सुरुवात भएको थियो । डा. अल्बर्ट कालमेट्ट र डा. कमिली गुएरिनले खोपको १९ औं शताब्दीको सुरुवातमा अन्वेषण गर्नुभयो । गाईवस्तुलाई संक्रमित बनाउने माइकोब्याक्टेरियम बोभिसबाट यस खोपको विकास गरिएको छ ।
सन् १९२१ मा पहिलोपटक मानवमा बीसीजी खोपको प्रयोग गरियो । दोस्रो विश्वयुद्धपछि उक्त खोपको प्रयोगले ब्यापकता पायो । विकासशील राष्ट्रहरुमा बीसीजी खोप अझै दश करोड बालबालिकामा वर्सेनि प्रदान गरिदै आएको छ ।
बीसीजी खोपको विशेष लक्ष्य छ, क्षयरोग । तर प्रमाणले विशेष लक्ष्य बाहेक पनि यस खोपले काम गर्ने देखाएको छ । भाइरल बुखार, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउन बीसीजी खोपले काम गरेको वैज्ञानिकहरुले बताएका छन् ।
सन् २०११ मा गायनामा दुई हजार ३२० जना बालबालिकामा गरिएको एक परीक्षणमा कम वजन भई जन्मेका बालबालिकाको मृत्यु दर घटेको पाइयो । त्यसैगरी अर्को परीक्षणले संक्रामक रोगबाट हुने मृत्यु दरमा समेत ४० प्रतिशतले कमी आएको पाइयो ।
त्यसैगरी, २५ वर्षसम्म ३३ राष्ट्रका एक लाख ५० हजार बालबालिकामा गरिएको परीक्षणले श्वासप्रश्वास सम्बन्धी जोखिम बीसीजी लगाएका बालबालिकामा ४० प्रतिशतले घटेको देखियो ।
वृद्धमा गरिएको परीक्षणले भने श्वासप्रश्वास सम्बन्धी माथिल्लो अङ्गमा हुने संक्रमण दर घटाउने देखिएको छ ।
बीसीजी खोपको लक्ष्यबाहेकको क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाउँदै विश्व स्वास्थ्य संगठनले पनि अझै बढी परीक्षणका लागि अनुमति दिएको छ । यद्दपी विशेषज्ञहरुले भने बीसीजी खोप कोभिड–१९ विरुद्धको खोप हुन नसक्ने प्रष्ट्याएका छन् ।
(द न्युुर्योक टाइम्सका लागि रोनी करिन रबिनले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश)