न्युयोर्क/नयाँ दिल्ली, चैत २४ : वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८ देशको तथ्यांकको विश्लेषणका आधारमा अमेरिकाका वैज्ञानिकहरूले उक्त तथ्य पत्ता लगाएका हुन् ।
उनीहरूका अनुसार क्षयरोगविरुद्धलगाइने बीसीजी खोप नीति अवलम्बन गरेका देशहरूमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर१० गुणा कम छ । क्षयरोगको महामारी फैलिएका तथा जोखिममा रहेका देशका नवजात शिशुलाईबीसीजी खोप दिने गरिएको छ ।
वैज्ञानिकहरूका अनुसार अमेरिका, इटाली, नेदरल्यान्ड्सलगायत देशमा बीसीजीखोप अनिवार्य गरिएको छैन । पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ कासंक्रमित तथा मृतकको संख्या पनि यी देशहरूमा निकै बढी छ ।
वैज्ञानिकहरू विगत दुई साता (मार्च९ देखि २४ सम्म) बीसीजी खोप अनिवार्य गरिएका र नगरिएका देशमा कोभिड–१९ का कारणमृत्यु हुनेको संख्याका आधारमा उक्त निष्कर्षमा पुगेका हुन् ।
१ सय ७८ देशमध्ये २१ देशले उक्तखोप कार्यक्रम सञ्चालन गरेका थिएनन् । २६ देशमा त्यसबारे प्रस्ट नीति नरहेको पाइयो।
‘बीसीजीको सकारात्मक नतिजाबारे अध्ययन गर्दा हामीले निकै आश्चर्यजनक नतिजा पायौं। यो खोप कार्यक्रम सञ्चालन गरेका देशका तुलनामा अन्यमा कोभिड–१९ का कारण मृत्युहुने र संक्रमितको संख्या लगभग १० गुणा फरक पायौं,’ अमेरिकाकोटेक्सासस्थित एमडी एन्डरसन क्यान्सर सेन्टरका प्राध्यापक डा. आशिष कामतले भने ।
इटाली र अमेरिकको उदाहरण दिँदैअमेरिकी वैज्ञानिकहरूले खोप अभियान नचलाइएका कारण ती देशमा कोभिड–१९ ले निकै बढीक्षति पुर्याएको दाबी गरेका छन् ।
न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीकाअनुसन्धानकर्ता गोन्जालो ओटाजु नेतृत्वको टोलीले गरेको अध्ययनमा भनिएको छ, ‘लामो समयदेखि बीसीजी खोप नीति अवलम्बन गरेका देशहरूकोतुलनामा त्यस्तो नीति नभएका देशहरू जस्तै इटाली, नेदरल्यान्ड्सर अमेरिका कोभिड–१९ का कारण निकै प्रभावित भएको हामीले पाएका छौं ।’
अमेरिकामा हालसम्म कोभिड–१९संक्रमितको संख्या तीन लाख नाघिसकेको छ भने आठ हजारभन्दा बढीले ज्यान गुमाइसकेकाछन् । त्यसैगरी संक्रमितको संख्या १ लाख २४ हजारभन्दा बढी रहेको इटालीमा कम्तीमा१५ हजारले ज्यान गुमाइसकेका छन् ।
सन् १९४७ देखि नै बीसीजी खोप अनिवार्यगरेको जापानमा हरेक १० लाख मानिसमा कोभिड–१९ बाट मृत्यु हुने संख्या ०.२८ छ । तरसन् १९८७ देखि खोप अनिवार्य गरेको इरानमा मृत्युदर १९.७ रहेको छ । त्यस्तैब्राजिलमा मृत्युदर ०.०५७३ रहेको छ ।
ब्राजिलले सन् १९२० देखि नै बीसीजी खोपअनिवार्य गरेको थियो । बीसौं शताब्दीमा क्षयारोगका बिरामीको संख्या घटेपछि युरोपकाअधिकांश देशले सन् १९६३ देखि सन् २०१० बीचमा बीसीजी खोप नीति हटाएका थिए ।
भारतीय विज्ञहरूले यो नतिजा सुखदभए पनि तत्काल निष्कर्षमा पुगिहाल्ने समय नभएको बताउँछन् । ‘हरेक सानो कुरालेहामीमा आशा सिञ्चित गर्छ । यसबारे निष्कर्षमा पुगिहाल्नु अपरिपक्वता हुन्छ । तरश्वासप्रश्वाससम्बन्धी संक्रमणका लागि केही हदसम्म बीसीजी खोप प्रभावकारी हुनेप्रमाणित भइसकेको छ,’भारतको पन्जावस्थित लभ्लीप्रोफेसनल युनिभर्सिटीकी वरिष्ठ डिन मोनिका गुलाटी भन्छिन् ।
‘यो उपचारका लागि होइन, त्यसको क्षति कम गर्न प्रभावकारी देखिएको हो,’ उनले भनिन् । नवजात शिशुमा बीसीजी खोप दिने गरिएका मुलुकमाकोभिड–१९ को प्रभाव कम देखिनुको यो प्रमुख कारण रहेको उनी बताउँछिन् ।
भारतको हैदरावादस्थित सेन्टर फरसेलुलर एन्ड मलिक्युलर बायोलोजीका निर्देशक राकेश मिश्राले न्युयोर्क इन्स्टिच्युटअफ टेक्नोलोजीले गरेको अध्ययनको नतिजा उल्लेखनीय भए पनि थप वैज्ञानिक विवरणहरूआवश्यक भएको बताउछन् ।
‘हामी नतिजाको निष्कर्षमा पुग्यौं तर हामीसँगयसबारे प्रस्ट र विश्वासिला वैज्ञानिक आधारहरू भने छैनन्,’ मिश्रा भन्छन्, ‘कोभिड–१९को उपचार वा यसविरुद्धका नीतिका लागि भने हामी यो नतिजामा भर पर्न सक्छौं ।’
अस्ट्रेलियाका वैज्ञानिकहरूले पनियसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् । बीसीजी खोपले कोभिड–१९ को संक्रमणबाटजोगाउन सक्ने/नसक्नेबारे पत्ता लगाउन मेलबर्नका हजारौंस्वास्थ्यकर्मीलाई खोप दिन सुरु गरिएको जनाएका छन् ।
मर्डोक रिसर्च सेन्टरका अनुसन्धानकर्ताहरूकाअनुसार अस्ट्रेलियाभरका चार हजार स्वास्थ्यकर्मीलाई उक्त खोप दिइनेछ । ‘बीसीजी खोपक्षयरोगका लागि विकसित गरिएको भए पनि यसले मानिसमा रोगविरुद्ध लड्ने क्षमता बढाउँछ,’ सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । समाचार संस्थाएएफपीका अनुसार बेलायत, जर्मनी र नेदरल्यान्ड्सकाअनुसन्धानकर्ताहरूले पनि यस्तै परीक्षण सुरु गरिसकेको कान्तिपुर दैनिकले जनाएको छ ।