काठमाडौँ, चैत २३ : सरकारले सजाय निर्धारण समितिमा दुई जनालाई विज्ञका रुपमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रविन्द्र भट्टराई र कुन्साङ लामालाई सजाय निर्धारणसम्बन्धी समितिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार सजाय निर्धारण समितिमा बाहिरका विज्ञ व्यक्तिहरु नियुक्त गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै अपराध पीडित संरक्षण ऐनको व्यवस्थाअनुसार पीडित संरक्षण समितिमा विज्ञ रहने गरी शंकरकुमार श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो । उक्त दुवै समितिको अध्यक्षमा महान्यायाधीवक्ता रहने व्यवस्था छ ।