काठमाडौं, चैत १९ : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि तेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।