विराटनगर, चैत १९ : प्रदेश १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना त्यसैगरी झापाबाट ५ जना, मोरङगबाट ७ जना, धनकुटाबाट १ जना, तेर्हथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरिएको छ ।
नमुना संकलन गरिएका मध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ७ जना आइसोलेसनमा भर्ना भएका छन् । ४ महिलासहित ७ जना आइसोलेसनमा भर्ना भएका हुन् । जसमा सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आइसोलेसनमा भर्ना भएका हुन् । आइसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा. मेहताले बताए ।