सिन्धुपाल्चोक, चैत १४ : कोरोना भाइरसका कारण लक डाउन भएपछि विहान बेलुकी छाक टार्न समस्या भएका सिन्धुपाल्चोकका ज्याला मजदुरी गरेर खानेहरु र न्यून आय भएकालाई राहत वितरण गरिएको छ ।
बा¥हबिसे नगरपालिकामा रहेका ज्याला, मजदुर गरेर खानेलाई नेपाली काँगे्रस क्षेत्रिय कार्यसमितिले ५३ जनालाई राहत प्रदान गरेको छ ।
प्रत्येक मजदुरलाई १५ किलो चामल, दाल, नुन, तेललगायतका खाद्य सामाग्री पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतको हातबाट प्रदान गरिएको छ ।
सोही क्रममा राम्चे निवासी ८२ वर्षीय बृद्ध तुलसी श्रेष्ठलाई उहाँको निवासमै पुगेर सिरक, डस्ना र खाद्य सामाग्रीसहित राहत प्रदान गरिएको छ ।