कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

  चैत ०९, २०७६

काठमाडौं, चैत ९ : रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो ।

कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ छोरा फर्नान्डोको ट्विटरलाई उद्धृत गर्दै अनलाइन खबरले जनाएको छ, ‘यो तरिकाबाट अवसान हुन उहाँ लायक हुनुहुन्थेन ।’

रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वअध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ । लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया