कैलाली, चैत ७ : कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २६ वर्षीय श्यामकुमार कुँवर र मोटरसाइकलमा सवार अर्का नाम खुल्न नसकेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकरी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार घाइते दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।