पुनःनिर्माणमा संलग्नलाई सतर्क रहन आह्वान

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई आह्वान गरेको छ ।

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका निर्णयको कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो ।

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माण तथा पुनःस्थापना जारी रहेका बेला कोभिड १९ ले विश्वव्यापी रुपमा नै स्वास्थ्यमा प्रभाव पारेकाले विशेष सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले चैत ५ गते नियन्त्रणका लागि गरेका निर्णयको कार्यान्वयन गर्दै सुरक्षा तथा सतर्कताका सबै उपाय अवलम्बन गर्न पुनःनिर्माण तथा पुनःस्थापनासँग सम्बन्धित सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया