काठमाडौं, फागुन २७ : कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले नेपाली कामदार कोरोनाका कारण कतारले प्रवेशका रोक लगाए पछि कामदारको श्रम स्वीकृत दिन बन्द गर्ने निर्णय गरेको गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।
कतार सरकारको अर्को निर्णय नआएसम्म तत्कालका लागि श्रम स्वीकृति बन्द हुने महानिर्देशक दाहालले स्पष्ट पार्नुभयो । यो एक महिनामा कतार जानको लागि चार हजार जनाले श्रम स्वीकृति लिएको उहाँले जानकारी दिनुभयो ।