इलाम, फागुन २४ : पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान सरकारले खेल क्षेत्रका लागि उल्लेखीय काम गरिरहेको बताउनुभएको छ । यहाँ जारी माइभ्याली फुटबल क्लबको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेल क्षेत्र वर्तमान सरकारको प्राथमिकताको क्षेत्र रहेको उल्लेख गर्नुभयो ।
“जिल्लामा केही भएको छैन भनिन्छ तर त्यो होइन । खेलकूद क्षेत्रमा काम भइरहेको छ । हामीले चाहेअनुसार नभएको भने हो”, पूर्व सभामुख नेम्वाङले भन्नुभयो, “खेल क्षेत्रलाई पाखा राखेर देश समृद्ध नहुने भन्दै आम जनताको भावनाअनुसार काम हुने बताउनुभयो ।”