अहिले अमलाको सिजन छ । यसको फाइदा उठाउन
पाए हामीलाई धेरै फाइदा
हुन्छ । स्वस्थ कपालका लागि अमला एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन सबैका
लागि फाइदाजनक छ । ताजा अमलाको सेवनले हामी सधैँ रोगबाट बच्न सक्छौं । अमलाको
चूर्ण, मुरब्बा, च्यवनप्रास, वर्षैभरि प्रयोग
गर्न सकिन्छ । आयुर्वेदिक हिसाबले अमला अमिलो हुन्छ । यसमा भिटामिन सी पर्याप्त
हुने भएको हुनाले यसले हामीलाई धेरै फाइदा पुर्याउँछ ।
—महिलामा सेतो पानी
बग्ने समस्या हुन्छ । यस्तो हुँदा ३
देखि ५ ग्राम चूर्णलाई एक चिया चम्चा महमा मिलाएर खाँदा यो
समस्या केही मात्रामा कम हुन्छ ।
—यो समस्या कसै
कसैलाई धेरै हुने गर्छ । त्यतिबेला पेट पनि दुख्ने हुन्छ । त्यो बेला २ चम्चा
अमलाको चूर्ण २ चम्चा मिश्रीको धुलोमा २ भाग बेसार मिलाएर बिहानबेलुकी ३÷३ ग्राम पानीमा सेवन
गर्दा समस्यामा केही कमी आउँछ ।
— ३ देखि ५
ग्राम अमलाको चूर्णमा आधा चम्चा शुद्ध घ्यू र १० ग्राम मिश्रीको धुलोमा मिसाएर
खाने गरेमा ग्यास्ट्रिक या पित्तको कारणले दुःखेको टाउको ठीक हुन्छ ।
—कब्जियत भएको बेलामा
पनि टाउको दुख्ने हुन्छ त्यस बेलामा पनि अमलाको चूर्ण मिश्रीको धुलोमा मिसाएर राति
सुत्नुभन्दा अगाडी एक गिलास मन तातो पानीको साथ सेवन गर्नाले कब्जियत हुनबाट
बचाउँछ ।
—अमलाको चूर्णलाई
पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।
—काचो वा सुकेको
अमलालाई राति फलामको भाडामा भिजाउने बिहान हातमा पन्जा लगाएर कपालको जरा जरामा
लगाउने गरेमा कपाल कालो, चम्किलो र बलियो हुनुको साथै कपाल फुल्ने समस्या पनि रोकिन्छ ।
—अहिले अमलाको सिजन छ
अमलाको पाचक बनाएर राखेमा दिनमा एक दुई टुक्रा पाचक सेवन गर्नाले पनि स्वास्थ्य, कपाल र अनुहारको
छालालाई पनि राम्रो बनाउँछ ।