सुन तोलामा नै १५ सयले वृद्धि

  फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला एक हजार ५०० ले वृद्धि भएको छ । स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला ८० हजार ३०० मा कारोबारभई नयाँ रेकर्ड कायम गरेको हो । आइतबार छापावाला सुन ७८ हजार ८०० मा कारोबार भएको थियो । यो आइतबारको तुलनामा एक हजार ५०० ले बढी हो ।

यस्तै तेजावी सुन प्रतितोला ८० हजारमा कारोबार भइरहेको छ । आइतबार यो प्रतितोला ७८ हजार ५०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने आइतबार प्रतितोला ९२० मा कारोबार भएकोमा सोमबार प्रतितोला ९२५ मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया