‘उज्यालोका मालीहरू’ सार्वजनिक

  फागुन १२, २०७६

काठमाडौँ, फागुन ११ : एघार युवा कविका ११० कविताको संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क्याम्पसका प्राध्यापक तथा समालोचक डा गीता त्रिपाटी, समालोचक राजकुमार बानिया तथा एनआरएन उपाध्यक्ष तथा पूर्ववास उपन्यासका लेखक सर्वाज्ञ वाग्ले, प्रकाशक पुष्पराज पौडेल तथा ‘उज्यालाका मालीहरू’ सम्पादक महेश पौड्यालले संयुक्त रुपमा कविता संग्रह सार्वजनिक गर्नुभएको थियो ।

कविता संग्रह सार्वजनिकरण कार्यक्रममा मदन पुरस्कार विजेता कार्कीले भने– ‘युवाको अनुहारमा हाम्रो अनुहार छापिएको हुन्छ । हाम्रो अनुहार अँध्यारो–उज्यालो कस्तो छ भन्ने कुरा युवाको अनुहार हेर्दा थाहा हुन्छ । मैले ‘उज्यालाका मालीहरू’मा हाम्रो उज्यालो अनुहारको रुपरेखा देखेँ ।’ समालोचक राजकुमार बानियाले यस कविता संग्रहमा संग्रहित कविहरू कविताको नयाँ मानक सिर्जना गर्ने बाटोमा अग्रसर रहेको जिकिर गर्नुभयो ।

साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस संग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदीप योङहाङ लिम्बू, सुन्सरीकी दीपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन संग्राम, चिनवनका शरद ऋतु, काभ्रेका अदीप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट छन् ।

तपाईको प्रतिक्रिया