काठमाडौँ, ९ फागुन : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भगवान् शिवको आराधना गरेर मनाइने पर्व ‘महाशिवरात्री’ का अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्वीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना दिनुभएको छ ।
उहाँले विज्ञप्तिमार्फत नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको मुलुक भएको उल्लेख गर्दै प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनुभएको छ ।
सबै चाड–पर्वहरू सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएका चाड–पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको सभापति देउवाले उल्लेख गर्नुभएको छ ।
नेपाली जनताको दशकौँ देखिको त्याग र बलिदान स्वरूप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सक्यौँ भने मात्र नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रूपान्तरण गर्न सकिने उहाँको भनाइ छ ।