यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाको घोषणा

  माघ २४, २०७६

वासिङ्टन डीसी, २४ माघ : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतङ्कवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ । ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो ।

कासिम अल–रिमी अरबी प्रायद्वीपमा आतङ्कवादी संगठनको नेता हुन् । “राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतङ्कवाद विरोधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अल कायदाका नेता कासिम अल–रिमीलाई सफलतापूर्वक पराजित गरेको छ ।” विज्ञप्तिमा भनिएको छ । उनी अल–कायकाको अन्तरराष्ट्रिय संगठनका सहायक नेता थिए ।

अमेरिकी अधिकारीको दाबीअनुसार रिमीले यमनमा आम नागरिक विरुद्ध अपराध गरेका थिए र संयुक्त राज्य अमेरिकाका सेनामाथि कैयौँ आक्रमण गरेका थिए । “रिमीको नेतृत्वमा अल कायदाको अरबी समूहले यमनमा नागरिकमाथि जघन्य हिंसाका थुप्रै घटना भएका छन् । उसले संयुक्त राज्य अमेरिका र अमेरिकी सेनाबिरूद्ध धेरै आक्रमणका लागि विभिन्न समूहलाई प्रयोग गरेको थियो,” विज्ञप्तिमा भनिएको छ ।

“वाशिङगटन, अमेरिकी नागरिक र यसका सहयोगीको हितको रक्षा गरिरहनेछ,” ह्वाइट हाउसले भनेको छ, “अल–रिमीको मृत्युको परिणामस्वरूप अमेरिका, हाम्रो हित, र हाम्रा सहयोगी सुरक्षित बनेका छन् । हामी अमेरिकी जनतालाई बचाउने अभियान जारी राख्नेछौँ ।”

तपाईको प्रतिक्रिया